२६ असार २०८३, शुक्रबार

जसपा अध्यक्ष डा. भट्टराईद्वारा छुट्टै बैठक आह्वान

जसपा अध्यक्ष डा. भट्टराईद्वारा छुट्टै बैठक आह्वान

जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । 

अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको बैठकको एकदिन अगावै डा. भट्टराई पक्षले बैठक आह्वान गरेको हो । भट्टराई पक्षको बैठक असार २८ र २९ गते काठमाडौंमा बस्ने तय भएको केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् । 

यादव पक्षले भने असार २९ र ३० गते वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएको छ । 

भट्टराई पक्षले छलफल हुने विभिन्न एजेण्डाहरु सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको बताएको छ । उक्त बैठकमा पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल हुने पाण्डेले बताए । 

बैठकमा डा. भट्टराईले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको उनले बताए । 

जसपामा आन्तरिक विवाद चर्किदै गएपछि डा. भट्टराई र यादव पक्षले छुट्टाछुट्टै बैठक बोलाएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्