१० साउन २०८३, आइतबार

३६ एसपीका लागि ६३ डीएसपीको दौडधूप, आईजीपीले थेग्न सक्लान् राजीतिक दबाब ?

असार २६, २०७९
३६ एसपीका लागि ६३ डीएसपीको दौडधूप, आईजीपीले थेग्न सक्लान् राजीतिक दबाब ?

३६ प्रहरी उपरीक्षक (एसपी) पदका लागि ६३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरू बढुवाको दौडधूपमा लागेका छन् ।

प्रहरी प्रधान कार्यालयले शनिवार ३२ एसपीलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गरेसँगै एसपीको ३६ पद रिक्त भएको छ ।

२०७० साल भदौ ६ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका सीताराम रिजाल, भीमकिरण बोगटी, देवेन्द्रबहादुर पाल, सुमनकुमार तिमिल्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, हेरम्ब शर्मा र विनोद शर्मा बढुवाको दौडमा छन् । ३२ किलो सुन काण्डमा आरोप लागेर सर्वोच्चबाट सफाइ पाएका सञ्जयबहादुर राउत र  निर्मला हत्या प्रक‌रणमा जाेडेर पछि पारिएका अंगुर जिसी बढुवाको दौडमा देखिएका छन् ।  

यस्तै २०७१ मंसिर १८ गते बढुवा भएका डीएसपीहरू भाग्येन्द्र पुरुष ढकाल, रामबहादुर केसी, वदेश विष्ट क्षेत्री, राजेश थापा, मित्रबन्धु शर्मा, रञ्जितसिंह राठौर, रामप्रसाद घर्तीमगर, नरेन्द्रकुमार कार्की, खड्कबहादुर खत्री, चिरञ्जीवि कोइराला, माधवप्रसाद बुढाथोकी (राष्ट्रिय अनुसन्धानबाट आएका), विश्वराज खड्का (रा.अ.बाट आएका) बाल नरसिंह राणा, हरिहरनाथ योगी, अपिलराज बोहोरा, गौतमकुमार के.सी., टेकुनन्द इवा लिम्बू, नरेशराज सुवेदी, वसुन्धरा खड्का, विपिन रेग्मी, रविन्द्रबहादुर सिंह पनि बढुवाका लागि रेसमा छन् ।

यसैगरी अनुपम श्रेष्ठ, चित्रबहादुर गुरुङ, मोहनकुमार थापा, नवरत्न पौडेल, गौतम मिश्र, सुधिरराज शाही, काजीकुमार आचार्य, गोविन्द पुरी, नवराज कार्की, योगेन्द्रकुमार खड्का, दुर्गाराज रेग्मी, बासुदेव पाठक, नविनकिशोर प्रधान, रुपेश खड्का, मिलन केसी, गजुसिद्धि बज्राचार्य, कोमल शाह, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमोरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिग्राम शर्मा र कुमोद ढुंगेल बढुवाको दौडमा देखिएका छन् । 

त्यसै २०६१ सालमा सँगै इन्स्पेक्टरमा भर्ना भएका तर २०७२ साउन ८ गते बढुवा भएका केही डीएसपीहरू आफूहरूलाई अघिल्लो बढुवामा अन्याय भएको भन्दै बढुवाका लागि लबिङमा छन् । जसमा डीएसपीहरू कुलदीप चन्द, सुमित खड्का, अनिलकुमार खड्का, ठाकुरप्रसाद पोखरेल, निरञ्जन दत्त भट्ट, ढकेन्द्र खतिवडा र प्रदीप बहादुर क्षेत्री रहेका छन् ।

तर २०७० भदौमा बढुवा भएका १० जना र २०७१ मंसिरमा बढुवा भएको टोलीबाट बढुवा हुने सम्भावना देखिन्छ । त्यति हुँदा पनि २०७१ मा बढुवा भएका अधिकांश डीएसपीहरू छुट्ने देखिएको छ भने २०७२ साउनमा बढुवा भएका ६ जना मध्येबाट १ जना बढुवाको सूचीमा पर्ने देखिन्छ ।

आईजीपीले गर्लान् राजनीतिक हस्तक्षेपविना बढुवा ?

प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले राजनीतिक हस्तक्षेपविना बढुवा गर्न सक्लान् ? भन्ने प्रश्न उब्जिएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा तुलनात्मकरूपमा सन्तोषजनक भएपनि तल रहेका केही एसपीलाई माथि ल्याइएको थियो ।

यस्तै एसपीबाट एसएसपी बढुवा गर्दा केही प्रहरी अधिकारीहरूको तलमाथि भएता पनि समग्रमा राम्रो बढुवा सिफारिश भएको प्रहरीकै अधिकारीहरू बताउँछन् ।

बढुवा सिफारिसको अन्तिम दिन शुक्रवार राति अबेरसम्म तल्लो टोलीका ५ जनाले आफूहरूलाई अगाडि ल्याउनुपर्ने भन्दै राजनीतिक शक्तिबाट प्रहरी प्रधान कार्यालयलाई दबाब दिएका थिए । तर आईजीपीले त्यसलाई सामना गरेर शनिवार बढुवा सिफारिश गरेका छन् । 

‘माथिबाट केही तल्लो टोलीका एसपीहरूको नाम आएको थियो त्यसले गर्दा शुक्रवार अबेरसम्म बढुवा हुन पाएको थिएन, तर त्यसलाई पन्छाएर बढुवा सिफारिश भएको छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले लोकान्तरसँग भने ।

शुक्रवार बेलुका ९ बजेसम्म पनि नाम टुङ्गो नलागेपछि प्रहरी प्रधान कार्यालयले शनिवार एसएसपी बढुवा सिफारिश गरेको थियो । 

अब हुने एसपी बढुवा पनि न्यायोचित ढंगले गर्न आईजीपीमाथि दबाब छ । तर अगाडिका बढुवाभन्दा एसपी बढुवा पेचिलो देखिएको छ । 

सिनियारिटीको ४८ औं नम्बरमा परेका प्रधानमन्त्रीका बडीगार्ड कोमल शाहले प्रहरी प्रधान कार्यालय दबाब दिएको आरोप लाग्दै आएको छ । जबकि एसपीमा बढुवा हुने कोटा जम्मा ३६ वटा छ ।

salt training

कमेन्ट गर्नुहोस्