तनहुँमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
घिरिङ गाउँपालिका-५ मोचाबारी बस्ने ४० वर्षीय मानबहादुर थापालाई १ थान भरुवा बन्दुक सहित आइतवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी घिरिङ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।