१३ असार २०८३, शनिबार

बसले किच्दा सहचालकको मृत्यु

बसले किच्दा सहचालकको मृत्यु

चितवनमा बसले किच्दा सहचालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-२५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालक सोही महानगरपालिका-२४ बस्ने २१ वर्षीय सुरज नेपालीको आइतवार बिहान मृत्यु भएको हो  ।

बस बिग्रिएर मर्मत गरिरहेको अवस्थामा बस चालकले बस स्टार्ट गरी अगाडि बढाउने क्रममा किच्दा गम्भीर घाइते भएका नेपालीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्