२८ जेठ २०८३, बिहीबार

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि...

असार २६, २०७९
फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि...

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ ।

कभर्डहलको उत्तर पूर्वको भागमा आइतवार अपरान्ह ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए । 

उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भएको थियो । 

प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेल पछि पुनः सञ्चालनमा ल्याइएको हो ।

समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति हुन भने पाएको छैन ।

नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हक्कीको फाइनल खेल सञ्चालन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्