२५ असार २०८३, बिहीबार

एकीकृत समाजवादीका मन्त्रीहरु कार्यालय सातामा एक पटक पुग्नैपर्ने

एकीकृत समाजवादीका मन्त्रीहरु कार्यालय सातामा एक पटक पुग्नैपर्ने

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु सातामा कम्तिमा एक पटक पुग्नै पर्ने नियम बनाइएको छ । समाजवादी पार्टीले मन्त्रीहरु कार्यालय पुग्नैपर्नेगरी नियम बनाएको छ । जसअनुसार पार्टी उपमहासचिव गंगालाल तुलाधरले मन्त्रीहरुलाई भेट्ने भनेर समयतालिका तय गरेका छन् । 

जसअनुसार पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार कार्यालय जानुपर्नेछ । त्यहाँ नेता कार्यकर्तासँग मन्त्रीले भेटघाटका लागि २ देखि ३ बजेसम्मको समय छुट्याइएको छ । 
सोमबार स्वास्थ्यमन्त्री भवानी खापुङ, मंगलबार श्रममन्त्री शेरबहादुर कुवँर, बुधबारसहरी विकासमन्त्री मटमणि चौधरी र बिहीबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी कार्यालय जानुपर्नेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्