२६ असार २०८३, शुक्रबार

माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भुसाल

माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भुसाल

एमाले नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको आलोचना गरेका छन् । विगतमा  ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने माधव नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशको सहारा लिएको आरोप लगाएका छन् । 

 नेपालमा दोहोरो नीति देखिएको भन्दै उनले आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख गरेका छन् ।

‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए’, भुसालले सामाजिक सञ्जालमा भनेका छन्, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन ।’

उनले नेपालले ढिलो वा चाँडो, कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्ने पनि जिकिर गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्