
भक्तपुरमा जाली नोटसहित एक जना पक्राउ परेका छन् ।
सूर्यविनायक नगरपालिका-८ का ३० वर्षीय नीरबिकार प्रजापतिलाई १ हजार दरका १३ थान जाली नेपाली नोटसहित आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका-८ सूर्यविनायकस्थित खाजा पसलमा प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबारस्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।