०५ साउन २०८३, मंगलबार

विद्यालय तहकाे पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन राप्रविसंको माग

विद्यालय तहकाे पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन राप्रविसंको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)ले विद्यालय तहको पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । 

राप्रविसंले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग गरेको हो । संगठनले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्न, शिक्षाको नाममा भइरहेको व्यापार नियन्त्रण गर्न र सामुदायिक विद्यालयको स्तरोन्नति गर्न माग गरेको छ । 

संगठनका अध्यक्ष धनसुर शाहीले सनातन धर्मविरुद्धका विषयहरुको पठनपाठनमा तत्काल रोक लगाउन पनि मन्त्री पौडेलसँग माग गरिएको जानकारी दिए । 

असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन १३ गतेदेखि दबावमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्