२३ असार २०८३, मंगलबार

काठमाडौं उपत्यकाको सुरक्षामा प्रदेश प्रहरीसँग समन्वय गर्नुपर्ने

काठमाडौं उपत्यकाको सुरक्षामा प्रदेश प्रहरीसँग समन्वय गर्नुपर्ने

काठमाडौं उपत्यका (काठमाडौं ललितपुर र भक्तपुर)को सुरक्षा व्यवस्था केन्द्र मातहत रहने भएको छ । उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाबाट सोमवार पारित भएको छ । सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सोमवार पारित भएको छ । 

उक्त विधेयकमा उपत्यको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा रहने उल्लेख छ । विधेयकमा नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने भनिएको छ ।

सरकारले शुरूमा ल्याएको विधेयकमा ‘काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने’ उल्लेख गरिएको थियाे । संशोधन विधेयकमा ‘कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ’ भन्ने वाक्यांश थपिएको छ ।

उक्त विधेयकमा सम्बन्धमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश प्रहरीलाई भूमिकाविहीन बनाइन नहुने अडान राखेका थिए । उनीहरूले उपत्यकाको सुरक्षाको जिम्मा प्रदेश प्रहरीलाई नै दिनुपर्ने अडान राखेका थिए । तर, नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले उपत्यकाको सुरक्षाको केन्द्र मातहत राख्नुपर्ने धारणा राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्