२९ जेठ २०८३, शुक्रबार

अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

भ्रष्टाचार मुद्दामा सरकारी साक्षीले विशेष अदालतमा बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अजयकुमार कुशवाहाविरुद्ध ३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।

अख्तियारले सोमवार विशेष अदालतमा उक्त मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

तत्कालीन जिल्ला वन कार्यालय बाराका तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलले जिल्ला वन कार्यालय, बाराअन्तर्गत वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमअन्तर्गत बाँसको बिरुवा खरीदमा व्यापक अनियमितता गरेको मुद्दामा कुशवाहाले अदालतमा प्रतिकुल वकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

मतियारलाई हुने कैद तथा जरिवाना माग गर्दै कुशवाहाविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो । सरकारी साक्षीका रूपमा पेश गरिएका कुशवाहाले अनुसन्धानका क्रममा गरेका कागजातहरूको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भण्डारीले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्