
विश्वव्यापी रुपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्गबीचको नयाँ सहकार्यअन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारहरूलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ ।
यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौं वर्ष मनाउँदै छ । टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकहरूका लागि अद्वितीय अनुभवहरू सिर्जना गर्दै आइरहेको छ ।
नयाँ कलाकारहरूका लागि उक्त अवसर लस एन्जलसमा भएको थियो, जहाँ हस्ताक्षर नगरिएका कलाकारहरूले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रुपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरूमा छलफल गरेका थिए । त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरु मध्ये एक, द विल्टर्न थिएटरमा जेसन डेरुलोको सामु प्रस्तुति दिने मौका पाए ।
‘संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, त्यसैले यदि तपाई एक संगीतकार बन्न चाहनुहु्न्छ भने, तपाईं लगभग आफ्नै भरमा हुनुहुन्छ । तर यी अनुभवहरूबाट गुज्रिएको कोही तपाईंको साथमा हुनाले ठूलो फरक पार्न सक्छ,’ उक्त अभियानमा आफ्नो सहकार्यबारे बोल्दै डेरुलोले भने, ‘यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही नै हो । मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए, त्यसैले म यी प्रतिभाशाली कलाकारहरुको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु ।’
टुबोर्ग ओपन प्रोजेक्टमा भीईके नेपाल, डी एमसी भारत, शोखरलो अब्दुल्लाएभ उज्वेकिस्तान, हल्को टर्की, आईभा लसेन्स सर्बिया र स्टोपोस्टो बोस्नियाका उदीयमान कलाकारहरू सहभागी छन् ।
यी कलाकारहरूले आउँदो महिनाहरुमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरूको उत्पादन र विकास गर्ने बताइएको छ ।
टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै भीईके (नेपाल) ले भने, ‘संगीतको बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो । उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु ।’
२०१७ को सुरुवात देखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरुसँग सहकार्य गरी संसारभरिका दर्शकहरुलाई जोड्ने हिटहरु निर्माण गरेको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, ‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिदै आएको छ । टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागि सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ ।’
टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल भएको उनले बताए ।
‘हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं,’ उनले भने, ‘हामी यस वर्षका लागि जेसन डेरुलो र भेकसँग सहकार्यको लागि निकै उत्साहित छौं र दर्शकहरूले पनि उक्त सहकार्यको नतिजा मन पराउनुहुने कुरामा धेरै सकारात्मक छौं ।’