×

कुनै पनि राष्ट्रको शासन प्रणालीको केन्द्रमा जनता नहुने हो भने त्यस्तो शासन प्रणालीको औचित्य रहँदैन । दुनियाँका समृद्ध  राष्ट्रहरूको विकासको रहस्य नै यही हो ।

समृद्धि हासिल गरेका देशहरूले जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गरे, जसकारण निरन्तर जनताको साथ सहयोग प्राप्त गरिनै रहे । त्यहाँको शासन प्रणाली र सरकारहरूले जनताको साथ पाइरहे । 


Advertisment

जसका निम्ति राष्ट्र बन्यो अथवा जसले आफ्ना लागि देश बनाए, उनीहरू नै उपेक्षित हुने हो भने त्यस्तो राष्ट्रको केही अर्थ रहँदैन, शासन प्रणालीको के कुरा । आज संसारका गरीब देशहरू यही पीडाबाट आक्रान्त छन् । नेपाल पनि तिनै आक्रान्त देशहरूमध्ये एक हो । एसियाको धनी देश सिंगापुरको विकासको मूलमन्त्र नै यही हो । पूर्व र पश्चिम दुवैका निम्ति आधुनिक सिंगापुरका निर्माता लि क्वान यु मार्गदर्शक र प्रेरक व्यक्तित्व मानिन्छन् । उनको मान्यताअनुसार राष्ट्रको उन्नतिका कारक नै जनता हुन् । तर, यसका लागि नेतृत्व तहमा सुयोग्य र इमान्दार व्यक्ति हुनुपर्छ । साथै दृढ अठोट, अनुशासन, लगन र मिहिनेत पनि चाहिन्छ ।


Advertisment

सन् १९५९ मा बेलायती औपनिवेशिक सरकारमा ली प्रधानमन्त्री हुँदा सिंगापुरको हालत असाध्यै खराब थियो । बेरोजगारी, भष्ट्राचार, शैक्षिक लगायत विभिन्न संघसंस्थाभित्र अनेक विकृति, हड्ताल, वेश्यावृत्ति, लागुऔषधको कारोबार, न्यून लगानी जस्ता संकट व्याप्त थिए । प्रतिव्यक्ति आय ४०० डलरको आसपास थियो । १५ प्रतिशत बेरोजगारी थियो । १९६५ मा स्वतन्त्रता प्राप्त गरेको सिंगापुरमा उनले सन् १९८० भित्र बेरोजगारी उन्मूलन, भ्रष्टाचार अन्त्य र ६ गुणाले प्रतिव्यक्ति आयमा वृद्धि गरे । यो चानचुने कुरा थिएन । यसका लागि ली को नेतृत्व, उनका असल र सक्षम सहयोगी एवं जनताको साथ नै निर्णायक थियो । उनी प्रधानमन्त्री भएको ३१ वर्षभित्र सिंगापुरले चमात्कारिक उपलब्धि हासिल गर्‍यो । 

ली ले संगठन सुदृढीकरणका सन्दर्भमा भनेका छन्- पार्टीको सबै तहमा आफूले रुचाएका व्यक्ति मात्र राख्ने हो भने संस्था बलियो हुँदैन, न त यसको विस्तार हुन्छ । त्यसैले नेता उदार चाहिन्छ । 

राष्ट्र निर्माण र पार्टी सुदृढीकरणका विषयमा ली का दुईवटा भनाइ हाम्रा लागि मार्गदर्शक हुन सक्छन् । उनि भन्छन्- राष्ट्र निर्माणका लागि तीन तत्व निर्णायक हुन्छन् । नेतृत्व, जनता र छिमेकी । उनको भनाइमा नेतृत्वको संकल्प, जनताको विश्वास र छिमेकीसँगको सुमधुर सम्बन्धको आधारशिलामा उभिएर मात्र प्रगति हासिल हुन्छ । मीठा गफ र तर्कले परिणाम दिँदैन । उनी जनतासँग आफैं काम गर्थे, मन्त्री, सचिव सबैलाई गर्न लगाउँथे । मन्त्रीहरूलाई सामाजिक समारोहमा जान र शक्तिको उन्माद देखाउन मनाही थियो । हाम्रो देशमा के हुन्छ, तुलना गरौं ।

ली ले संगठन सुदृढीकरणका सन्दर्भमा भनेका छन्- पार्टीको सबै तहमा आफूले रुचाएका व्यक्ति मात्र राख्ने हो भने संस्था बलियो हुँदैन, न त यसको विस्तार हुन्छ । त्यसैले नेता उदार चाहिन्छ । अर्को कुरा कलात्मक गफ र चर्को कुराले मात्र संस्थाले सफलता प्राप्त गर्दैन । थोरै अण्डा दिने हल्लाखोर कुखुरीभन्दा चुपचाप सयौं अण्डा दिने कछुवा नै ठीक र उपयुक्त  हुन्छ । हामी के गर्दैछौं त, विचार गरौं ।

एकपल्ट राजा अकबरले मन्त्री वीरबललाई सोधेछन्- मलाई बताउ वीरबल, जनता रिझाउने कसरी हो ? 

वीरबलले सही जवाफका लागि समय मागेछन् । उनले मागेको समय बाँकी नै थियो । एकदिन राजा अचानक बिरामी परेछन् । उनको गोडाको पाइताला यसरी पोल्न थालेछ कि दरबारका वैद्यहरू हार खाएछन् । आफ्ना विज्ञ वैद्यले समेत हार खाएको देखेपछि अकबर आत्तिएछन् । 

आफ्नो आठपहरियालाई बोलाएर अहिले दरबारमा को-को छन् सोधेछन्, उसले सबै कुरा बताउँदै भनेछ- एउटा फकिर दरबारको मूल ढोकामा हजुरलाई भेट्छु भन्दै अनुमति माग्दैछ । 

सामान्यतया यस्ता फकिरहरू केही माग्नका लागि आउँदा रहेछन् । राजा प्रफुल्ल हुदाँ भेट्ने र नहुँदा नभेट्ने रहेछन् । बिरामीले छट्पटाई रहेका राजा, जो प्रफुल्ल थिएनन्, भेट्ने अनुमति दिएछन् । 

झुत्रो झाम्रो लुगा लगाएको फकिर राजाका सम्मुख उभ्याइएछ । उसले राजाको हालत थाहा पाएर भनेछ, के म उपचारको अनुमति पाउन सक्छु महाराज ? राम्रोसँग बोल्न र आँखा समेत हेर्न नसक्ने अकबरले इशाराले अनुमति दिएछन् । अघिल्लो दिनभन्दा तडप बढेकोले छटपटाई रहेका राजाको गोडामुनि बसेर फकिरले पैताला सुस्तरी सुम्सुम्याउन लागेछ । जटा पालेको र ठाडो चन्दन लगाएको नपत्याउँदो फकिरले जब मन्त्रोच्चारणसहित उपचार शुरू गरेछ । राजाका वरिपरिका भाइभारदारहरू उसको खिसी र उपेक्षामा कानेखुसी गर्न थालेछन् । 

न औषधि छ खाने, न लेप छ लगाउने, हेर्दा उपचारै विश्वसनीय नदेखिने । सामान्य झारफुक जस्तो । पत्याउन् पनि कसरी ! बडेबडे वैद्य फेल खाएका । तर, विचित्र के भने फकिरको उपचार शुरु हुने बित्तिकै अर्थात् उसले गोडा छुने बित्तिकै राजालाई फरक अनुभूति हुन थालेछ । केही समयको अन्तरालमा झण्डै दुई दिनदेखि पाइतालामा भएको जलन घट्दैघट्दै समाप्त भएछ ।

राजा जुरुक्क उठेर फकिरलाई अंकमाल गरेछन् र भनेछन्, के माग्छौ माग । फकिरले जवाफ दिएछ- जाँहपनाह, म केही माग्न आएको होइन, महाराजको दर्शन गर्न आएको । आज पनि शहर बाहिरको गाउँमा बसेको थिएँ, मेरो अन्तष्करणले राजा भेट्न जा भन्यो र आएँ, महाराजको यो अवस्था देखें । मैले केही गरिनँ, मैले आफ्नो आराध्यलाई राजाको पीडा हटाइदेऊ भनेर प्रार्थना गरेँ, उनले मेरो पुकार सुने । मैले पुरस्कारयोग्य केही काम गरेको छैन ।

अकबर उसको कुरा सुन्ने वाला थिएनन् । उनले आदेश दिएछन्- यसलाई मेरो निजी बैद्यमा नियक्ति देऊ । छेउमै बसेका वीरबलले तत्कालै नियुक्ति दिएछन् र अकबरलाई भनेछन्- हजुरले मलाई सोधेको प्रश्नको उत्तर यही हो । अकबरले सोधेछन्- कसरी ? 

वीरबलले भनेछन्- महाराज हजुरलाई असाध्य पीडा हुँदा यस फकिरले आफ्नो खुबीले उपचार गरी हजुरलाई ठीक गर्‍यो । यसबाट प्रसन्न भई हजुरले वैद्य पदमा नियुक्ति दिनुभो । यसको मतलब यसले हजुरलाई रिझायो । हामीले के बुझ्नु पर्‍यो भने दुःख र पीडामा जनतालाई साथ दिइयो भने जनता रिझिन्छन् ।

वीरबलको कुराले अकबर प्रसन्न भएछन् ।

निर्वाचनैपिच्छे जनता झुक्याएर सधैंभरि मन दुखाइरहने राजनीति आखिर कहिलेसम्म चलाइराख्न सकिन्छ र ? सच्चा लोकतन्त्रले यस्तो अनुमति दिँदैन । नेपाली समाज आफू झुक्किएको थाहा पाउन सक्ने भएको छ । ली, महाथिरहरू संसारभरि सम्मानित हुनुपर्ने कारण नै आफ्ना जनता खुशी राखेर हो ।

माथिको प्रसंग किन उद्धृत गरिएको हो भने राज्य, शासन प्रणाली, सरकार सबैले जनतालाई खुशी राख्न अधिकतम प्रयत्न गर्नुपर्छ । आफ्ना जनताको हरेक पीडामा उपस्थित हुनुपर्दछ र त्यसको उपचार पहिल्याउनु पर्छ । वीरबलले अकबरसामु एउटा दृष्टान्त प्रस्तुत गरेर शासकको दायित्व स्पष्ट पार्न खोजेका हुन् । 

अझ लोकतान्त्रिक शासन प्रणालीमा त जनता रिझाउनु राजनीतिक नेतृत्वको प्राथमिक दायित्व हो । आवधिक रुपमा बारम्बार परीक्षणमा उत्रनुपर्ने भएकाले जनताको खुशीसँग राजनीतिक दल र नेतृत्वको भविष्य जोडिएको हुन्छ । दुनियाँको समुन्नत लोकतन्त्रको विशेषता हेर्दा जनता अर्थात् मतदाता राज्यसँग आफ्ना निम्ति थप सुविधा मागिरहेको पाइन्छ । र, राज्यले पनि सकेजति उपलब्ध गराइरहन्छ । 

हाम्राजस्ता मुलुकको विडम्बना के भने राज्य जनताप्रति सदैव उदासीन रहने गर्छ । सुविधाको त कुरै छाडौं, जनताको आधारभूत आवश्यकताको समेत ख्याल नगर्ने प्रवृत्ति छ । यसले के दर्शाउँछ ? त्यसैले हामीले राजनीतिको मूल कर्तव्य थाहा पाउनु पर्छ । जनता नरिझाउने राजनीति काम लाग्दैन । निर्वाचनैपिच्छे जनता झुक्याएर सधैंभरि मन दुखाइरहने राजनीति आखिर कहिलेसम्म चलाइराख्न सकिन्छ र ? सच्चा लोकतन्त्रले यस्तो अनुमति दिँदैन । नेपाली समाज आफू झुक्किएको थाहा पाउन सक्ने भएको छ । ली, महाथीरहरू संसारभरि सम्मानित हुनुपर्ने कारण नै आफ्ना जनता खुशी राखेर हो ।

अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका एक सांसदले संसदमा आफूलाई नग्न रुपमा प्रस्तुत गर्दै भनेको कुरा बडो मार्मिक छ- आज म यसरी नांगै प्रस्तुत हुँदा तपाईंहरूलाई लाज लाग्यो होला, तर आज हाम्रा जनताको अवस्था अहिलेको मेरो जस्तै छ । तपाईंहरूलाई लाज लाग्छ लाग्दैन ?

मेक्सिकोमा धनी र गरीबबीचको खाडल यति फराकिलो भएको छ कि गरीब जनता बाँच्न मुस्किल भएको छ । तर, राजनीतिज्ञहरू संवेदनहीन देखिएका छन् । यस्तो स्थिति नेपालमा नआउला भन्न सकिँदैन । त्यसैले सबभन्दा पहिले राजनीतिको दायित्वलाई मनन गर्नु श्रेयस्कर हुनेछ । खतराको घण्टी बजिसक्यो ।

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x