१० साउन २०८३, आइतबार

श्रमिकको योगदान  र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्छ- श्रममन्त्री कुँवर

असार २९, २०७९
श्रमिकको योगदान  र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्छ- श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान  र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताएका छन् । 

कैलाली उद्योग वाणिज्य संघद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिए । 

मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरूको उपचार खर्चबापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्ने  व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, 'अहिले २६ अस्पताललाई अनुमति दिइएको छ र ती मध्ये १८ अस्पताल अनलाइन प्रणालीमा आइसकेका छन् ।'

उनले देशभरिका अस्पताललाई पनि त्यो अनुमति दिने र त्यो अनुमति दिइसकेपछि सामान्य उपचारका लागि २० प्रतिशत खर्च बिरामीले र ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने गरी कार्य शुरू भएको बताए । 

'आकस्मिक दुर्घटनाहरूका लागि भने एक सय प्रतिशत खर्च नै सामाजिक सुरक्षा कोषले व्यहोर्ने भन्ने कुरा पनि शुरू गरेका छौँ,' मन्त्री कुवँरले भने । उनले सांस्कृतिककर्मी र सञ्चारकर्मी लागि पनि सामाजिक सुरक्षामा आबद्ध गरिने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्