माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
असार २९, २०७९
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतीय व्यापारीहरूलाई आयात र निर्यात कारोबारमा भारतीय रुपैयाँ उपयोग गर्न दिने व्यवस्थाको घोषणा यसै साता गरेको छ । यो नयाँ व्यवस्था तत्कालै लागू हुनेछ ।
पश्चिमले प्रतिबन्ध लगाएको रुससँग कारोबार गर्नका लागि भारतले यो उपाय अपनाएको बताइन्छ । आरबीआईले यस कदममार्फत विश्व व्यापारमा अभिवृद्धि हुने र राष्ट्रिय मुद्रामा कारोबार गर्नका लागि चाहना व्यक्त गरिरहेका विश्वभरिका व्यापारीहरूको इच्छा पूरा हुने धारणा राखेको छ ।
भारतीय रुपैया डलरको तुलनामा कीर्तिमान रूपमा कमजोर भइरहेको बेलामा आरबीआईले यस्तो निर्णय लिएको हो । मिन्ट पत्रिकामा शयन घोष र रविदत्त मिश्रले तयार पारेको सामग्रीमा उल्लेख गरिएअनुसार, विज्ञहरूले आरबीआईको यस कदमको स्वागत गर्दै यसले भारत र रुसबीचको कारोबारलाई थप बलियो बनाउने बताएका छन् । यसले भारतसँग रहेको विदेशी मुद्रा सञ्चिति पनि बचत गर्ने उनीहरूको भनाइ छ ।
नयाँ व्यवस्था अनुसार भारतीय आयातकर्ताहरूले रुपैया भुक्तानी गर्नेछन् र त्यो साझेदार मुलुकको भोस्ट्रो खातामा जम्मा हुनेछ । त्यसैगरी साझेदार मुलुकको भोस्ट्रो खातामा रहेको मौज्दातबाट भारतीय निर्यातकहरूलाई रकम चुक्ता गरिनेछ ।
बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भमा दुईवटा खाता सञ्चालनमा रहन्छ : नोस्ट्रो र भोस्ट्रो । यी दुवै शब्दावलिले उही बैंक खातालाई जनाउने गर्छन् । कुनै एक बैंकले अर्को बैंकको पैसा आफूसँग डिपोजिटमा राखेको छ भने त्यसलाई नोस्ट्रो/भोस्ट्रो भनिन्छ ।
नोस्ट्रो ल्याटिन शब्द हो जसको अर्थ हुन्छ ‘हाम्रो’ अर्थात् हाम्रो पैसा तपाईंको बैंकमा डिपोजिट भएको छ । भोस्ट्रो भनेको ल्याटिन भाषामा ‘तपाईंको’ हो अर्थात् तपाईंको पैसा हाम्रो बैंकमा डिपोजिट भएको छ ।
भारतले ल्याएको नयाँ व्यवस्था अनुसार, रुसी बैंकहरूले भारतमा भोस्ट्रो खाता खोल्नुपर्ने हुन्छ । निर्यात वा आयातका रूपमा कारोबार भएपिच्छे त्यस खाताबाट रकम काटिने वा त्यसमा थपिने हुन्छ । तर प्रतिबन्ध सूचीमा नपरेका रुसी बैंकहरूसँग मात्र यस्तो कारोबार गर्न पाइन्छ ।
रुस र भारतबीच अघिल्लो आर्थिक वर्षमा १३.१ अर्ब डलरको कारोबार भएको थियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमले रुसविरुद्ध लगाएको प्रतिबन्धका कारण रुसले अहिले भारत र चीनसँग कारोबार बढाउन थालेको छ ।
भारतसँग रुसले आफ्नो मुद्रा रुबलमा कारोबार गर्न खोजिरहेकोमा भारतले पनि आफ्नो मुद्रामा कारोबार गर्न शुरू गरी वित्तीय बहुध्रुवीयताको अभ्यास थालेको छ ।
पश्चिमले प्रतिबन्ध लगाएका मुलुक रुस र इरानसँग सहज कारोबार गर्नका लागि भारतले यो व्यवस्था ल्याएको हो । भारतका लागि यी दुई देश ठूला बजार हुन् र त्यहाँ कारोबार गरी भारत व्यापार विविधीकरणको लक्ष्य हासिल गर्न चाहन्छ ।
त्यसका अतिरिक्त भारत र रुसबीचको सम्पर्क पहल नर्थ–साउथ ट्रान्सपोर्ट कोरिडोरको केन्द्रमा रहेको मुलुक इरानसँग त्रिपक्षीय कारोबार गरी अमेरिका र चीनको द्विध्रुवीयतालाई सन्तुलनमा राख्ने तेस्रो सशक्त ध्रुव निर्माणमा पनि भारतीय मुद्रामा गरिने कारोबारले सहायता गर्नेछ ।
भारतले नयाँ व्यवस्थामार्फत आफ्नो मुद्राको अन्तर्राष्ट्रियकरण तर्फको पाइला चाल्न खोजेको छ । भारत तथा अन्य मुलुकहरूको यस्तो कदम जरूरी थियो किनकि डलरको विश्वव्यापी प्रभुत्वका कारण विश्वमा अनेकौं समस्या आएका छन् ।
विगत एक शताब्दीदेखि अमेरिकी डलर अन्तर्राष्ट्रिय मुद्राका रूपमा रहिरहेको छ । दोस्रो विश्वयुद्धपछि ब्रेटन वूड्समार्फत सबै देशका मुद्रा अमेरिकी डलरसँग पेग गरिएपछि डलरको प्रभुत्व थप सुदृढ बनेको थियो। । सन् १९७१ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले ब्रेटन वूड्सलाई भत्काउने गरी अन्य मुलुकलाई डलर सुनमा परिणत गर्न रोक लगाएको भए पनि डलरको प्रभुत्व कायम रहेको थियो ।
डलरको यही प्रभुत्वका कारण अन्तर्राष्ट्रिय मामिलामा अमेरिकाको हस्तक्षेप रहने गरेको हो । फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’एस्टाइङले डलरमार्फत अमेरिकाले अत्यधिक बढी सुविधा उठाइरहेको गुनासो गर्ने गरेका थिए ।
निकै पछि युरोपेलीहरूले आ–आफ्नो राष्ट्रिय मुद्रालाई परित्याग गरी साझा मुद्रा युरो बनाएका थिए । अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन उनीहरूले यो कदम चालेका थिए ।
यसैमार्फत युरोपेलीहरूले आफ्नो रणनीतिक स्वायत्तता स्थापित गर्न खोजेको भए पनि अमेरिकाले त्यसलाई कुल्चिनका लागि सफलता पाउन लागेको देखिन्छ ।
रुसलाई युक्रेनमाथि आक्रमण गर्नका लागि पृष्ठभूमि तयार पारी अमेरिकाले युरोपको अर्थतन्त्रलाई कमजोर बनाउन सफल भएको छ । फलस्वरूप, डलरभन्दा बलियो रहेको युरोको मूल्य खस्केर अहिले डलरकै हाराहारीमा आइपुगेको छ । आफ्नो पतनोन्मुख एकध्रुवीय प्रभुत्व कम्तीमा पनि युरोपमा कायम राख्न यसरी अमेरिकाले सफलता पाएको छ ।
तर विश्व अन्य शक्तिहरू डलर प्रभुत्वलाई कमजोर बनाउन लागिपरेका छन् । चीन त्यसमा अग्रणी भूमिका खेलिरहेको छ । ऊ आफ्नो मुद्रा युआनलाई भरपर्दो विदेशी सञ्चिति मुद्राका रूपमा विकसित गराउन चाहन्छ ।
भारतले यस घटनाक्रमलाई नजिकैबाट नियालिरहेको छ । त्यसमाथि अहिले भारतीय मुद्रा डलरको तुलनामा निकै घटेकाले आफ्नो मुद्रालाई अन्तर्राष्ट्रियकरण नगर्दा अर्थतन्त्र नै संकटमा पर्ने कटुसत्यका बारेमा पनि भारत जानकार छ । अनि विश्व बजारमा समयसमयमा आइरहने उतारचढावबाट धेरै हानि नहोस् भन्नका लागि पनि आफ्नो मुद्रालाई साहसिक रूपमा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता भारतले अनुभव गरेको छ ।
भारतको अर्थतन्त्रमा वृद्धि भइरहेको अवस्थामा मुद्राको अन्तर्राष्ट्रियकरण अपरिहार्य भइसकेको थियो भनी मनीकन्ट्रोल डट्कममा अमोल अग्रवाल लेख्छन् । सन् १९८० मा विश्व अर्थतन्त्रको २ प्रतिशत हिस्सा भारतीय अर्थतन्त्रले ओगटेकोमा अहिले त्यो बढेर ७ प्रतिशत पुगेको छ ।
अनि भारतमा प्रत्यक्ष वैदेशिक लगानी पनि बढ्न थालेको छ । यस्तो स्थितिमा भारतीय अर्थतन्त्रको अन्तर्राष्ट्रियकरणको सम्भाव्यता प्रबल बन्दै गएको छ र त्यससँग भारतीय मुद्राको अन्तर्राष्ट्रियकरण स्वतः जोडिन्छ ।
त्यसो त डलरको एकछत्र प्रभुत्व क्रमशः कमजोर बन्दै गइरहेको तथ्यलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि स्वीकार गरेको छ । गत मार्च महिनामा आईएमएफले जारी गरेको प्रतिवेदनमा डलर प्रभुत्व कमजोर बनेर गैरपरम्परागत सञ्चिति मुद्राको उदय भइरहेको उल्लेख छ ।
हुन त डलरको प्रभुत्व कमजोर बनाउनका लागि अमेरिका आफैंले चालेको कदम पनि जिम्मेवार छ । युक्रेनमाथि रुसको आक्रमणपछि अमेरिका र उसका साझेदारहरूले रुससँग रहेको ३०० अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चितिलाई रोक्का गरिदिएका थिए । अमेरिकाको खटनमा नचली स्वतन्त्र परराष्ट्रनीति अपनाउने मुलुकहरूलाई भविष्यमा यस्तै कारवाही गरिनसक्ने सन्देश अमेरिकाले दिएकाले उनीहरूले डलर सञ्चितिको विकल्प खोज्नु आश्चर्यको कुरा हैन ।
विभिन्न देशका केन्द्रीय बैंकहरूको विदेशी मुद्रा सञ्चितिमा गैरडलर मौज्दातमध्ये एक चौथाइ चिनियाँ युआन र तीनचौथाइ अन्य देशका मुद्रा रहेको आईएमएफको प्रतिवेदनले उल्लेख गरेको छ । अन्य देशका गैरडलर विदेशी मुद्रा सञ्चितिमा भारतीय रुपैयाको पनि वृद्धि हुने वातावरण नयाँ निर्णयले दिलाउन सक्नेछ ।
गैररडलर मुद्रामध्ये चिनियाँ युआनको स्वीकार्यतालाई त भारत स्वयंले अपनाएको छ । भारतीय सिमेन्ट उद्योगले उक्त मुद्रा उपयोग गरी रुसी कोइला किनिरहेको छ ।
भविष्यमा रुस, भारत र चीनबीच आआफ्नो मुद्रामा कारोबार बढ्ने आकलन विश्लेषक एन्ड्रु कोरीब्कोले गरेका छन् । उनका अनुसार, बहुध्रुवीयतापक्षधर यी तीन शक्तिहरूले पश्चिमकेन्द्रित विश्वव्यापीकरणलाई सुधार गरी थप समतामूलक, स्वच्छ र न्यायपूर्ण बनाउन गरिरहेको कोशिश गरिरहेको सन्दर्भमा आआफ्नो राष्ट्रिय मुद्रामा गरिने कारोबारले त्यसमा राम्रो योगदान गर्नेछ ।
यसरी भारतले आफ्नो मुद्राको अन्तर्राष्ट्रियकरण गरी बहुध्रुवीयतातर्फको साहसिक कदम चाल्नु सुखद संकेत हो ।
पढनुहोस् यो पनि :
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...