बैशाख २९, २०७९
संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ । मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।
बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को विराटनगर, मधेशको बर्दिवास, बागमतीको चितवन–रामपुर, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
उक्त केन्द्रले प्रदेशस्तरमा विज्ञान तथा प्रविधि क्षेत्रमा विभिन्न खोज एवं अनुसन्धानका कार्य गर्ने छ । त्यस्तै, केन्द्रले विभिन्न अध्ययन, अनुसन्धान कार्यलाई व्यवस्थित बनाउँदै त्यसमा संलग्न जनशक्तिलाई सहयोग उपलब्ध गराउने छ ।
सभाले प्रदेशस्तरीय अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालनका लागि केन्द्रीय समिति र व्यवस्थापन समिति पनि गठन गरेको छ ।
सभाले नेपाल सरकारले नास्टका लागि छुट्याएको बजेट रकम थप गर्न पहल गर्ने निर्णय पनि गरेको छ । बजेटमा नास्टका लागि कम बजेट छुट्याइएको निष्कर्ष निकाल्दै सभाले थप बजेटका लागि पहल गर्ने निर्णय गरेको हो ।
संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ । मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...
संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...
पृथ्वीमा रहेको हिमनदी पग्लिएपछि त्यसको मुनिबाट पानी बग्न थाल्छ । किनभने यहाँ गुरुत्वाकर्षण बल धेरै छ। हिमस्खलन भनेको हिमपहिरो आउनु हो। मंगल ग्रहमा पनि हिमनदीहरू छन्, धेरै ठूला । तर, मंगल ग्रहको गुरुत्...
संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् । यसैबीच, अमेर...
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...
विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ । वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् । यसै...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...