१९ असार २०८३, शुक्रबार

माल्दिभ्सबाट सिंगापुरतिर भागे श्रीलंकाका राष्ट्रपति

असार ३०, २०७९
माल्दिभ्सबाट सिंगापुरतिर भागे श्रीलंकाका राष्ट्रपति

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्ष माल्दिभ्सबाट सिंगापुरतर्फ उडेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।

केही समय उनी सिंगापुरमै बस्न सक्ने श्रीलंका सरकारको एक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले समाचार दिएको हो । 

राजपक्षले बुधवार राजीनामा दिने भने पनि संसद्का सभामुख यापा अबेवर्दनाले राष्ट्रपतिबाट राजीनामापत्र नपाएको बताएका छन् । 

उता सरकारविरोधी प्रदर्शनकारीहरूले कब्जामा लिएका सबै सरकारी भवनबाट आफूहरू निस्कने बताएका छन् । 

विरोधकर्ताहरू शनिवार राष्ट्रपति राजपक्षको निवास पुगेर त्यसमा कब्जा गरेका थिए भने प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि छिरेका थिए । 

बुधवार श्रीलंकाका राजनीतिक नेताहरूले सर्वदलीय बैठक गरी संसद्का सभामुखलाई कार्यवाहक राष्ट्रपति बनाउने निर्णय लिएका छन् । बहालवाला कार्यवाहक राष्ट्रपति विक्रमसिंघेलाई पदबाट राजीनामा दिन भनिएको छ । 

उनले सत्तारूढ तथा विपक्षी दलहरू मिलेर सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्