०७ साउन २०८३, बिहीबार

कंगना रनावतले थालिन् नयाँ फिल्म 'इमर्जेन्सी'को शूटिङ (भिडियो)

असार ३०, २०७९
कंगना रनावतले थालिन् नयाँ फिल्म 'इमर्जेन्सी'को शूटिङ (भिडियो)

बलिउड अभिनेत्री कंगना रनावतले नयाँ फिल्म इमर्जेन्सीको शूटिङ थालेको घोषणा बिहीवार गरेकी छन् । 

फिल्ममा कंगना पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । 

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट फिल्मको टीजर र फर्स्ट लूक पनि सार्वजनिक गरेकी छन् । 

इमर्जेन्सीको कथा कंगनाले नै लेखेकी हुन् भने निर्देशन पनि उनी आफैं गर्दैछिन् । भारतको राजनीतिक इतिहासको महत्त्वपूर्ण घटनालाई फिल्मले दर्शाउने बताइएको छ । 

इन्दिरा गान्धीले सन् १९७५ देखि १९७७ सम्म देशमा संकटकाल घोषणा गरेकी थिइन् । त्यसबेलामा विपक्षी दल, पत्रकार तथा सामान्यजनमाथि व्यापक अत्याचार गरिएको थियो । 

यसअघि कंगनाले सन् २०२१ मा पूर्व मुख्यमन्त्री तथा कलाकार जे जयललिताको जीवनीमा आधारित थलैवीमा अभिनय गरेकी थिइन् । उनले स्वतन्त्रता सेनानी रानी लक्ष्मीबाईको भूमिका पनि निर्वाह गरेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्