
शेयर बजार मापक नेप्से परिसूचक २००१.५३ विन्दुमा उक्लिएको छ । बिहीवार शेयर बजार १४.७१ अंकले बढेको छ ।
तीन साता अगाडि १८४८ विन्दुमा ओर्लिएको शेयर बजारमा उदारचढाव हुँदै २ हजार विन्दुमा उक्लिएको हो ।
शेयर बजारमा सुधार शुरू भएसँगै कारोवार रकम पनि २ अर्ब १४ करोड रुपैयाँ हुन पुगेको छ । बिहीवार नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीको शेयर कारोवार भएको छ ।
बिहीवार सबैभन्दा बढी एनआईसी एसिया बैंकको ४ लाख ४८ हजार कित्ता शेयरको किनबेचबाट ३० करोड रुपैयाँको कारोवार भएको छ ।
बिहीवार भएको कारोवारमा म्युचुअल फण्डहरू, माथिल्लो तामाकोशी, रिभर फल्स पावारसहितका कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतसम्मले कमाएका छन् ।
बिहीवार गुमाउनेमा भने प्रुडेन्सियल इस्योरेन्स, सीईडीबी हाइड्रोपावर, लक्ष्मी लघुवित्तसहितका कम्पनीका लगानीकर्ताले भने ५.०१ प्रतिशतसम्मले गुमाएका छन् ।