०९ असार २०८३, मंगलबार

रुसले युक्रेनको भिन्नीत्सिया शहरमा गर्‍यो आक्रमण, १२ जनाको मृत्यु

असार ३०, २०७९
रुसले युक्रेनको भिन्नीत्सिया शहरमा गर्‍यो आक्रमण, १२ जनाको मृत्यु
AP

रुसी क्षेप्यास्त्रहरूले मध्य युक्रेनमा रहेको भिन्नीत्सिया शहरमा आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

सर्वसाधारणहरू बस्ने भवन र एक सांस्कृतिक केन्द्रमा आक्रमण गरिएको युक्रेनीहरूले दाबी गरेका छन् । घटनामा ५० जना जति घाइते भएको चिकित्सकहरूको भनाइ छ । 

युद्ध चलिरहेको मोर्चाभन्दा निकै पर गरिएको आक्रमणको बेलामा सडकमा प्रशस्त मानिसहरू थिए । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यस आक्रमणको निन्दा गर्दै भने, ‘प्रत्येक दिन रुसले सर्वसाधारणहरूलाई नष्ट गरिरहेको छ र युक्रेनी बालबालिका मारिरहेको छ । यो आतंकवादको नांगो नाच नभए के हो ?’

कृष्ण सागरबाट प्रहार गरिएका सातवटा क्रुज क्षेप्यास्त्र भिन्नीत्सिया शहरमा प्रहार गरिएको बताइएको छ । तीमध्ये चारवटालाई युक्रेनी हवाई प्रतिरक्षाले रोकेका थिए ।

प्रेमेहोई स्क्वेयरमा रहेको हाउस अफ अफिसर्स भवनमा आक्रमण भएको बताइएको छ । सोभियतकालीन उक्त कन्सर्ट हलमा सांस्कृतिक र सामाजिक कार्यक्रम आयोजना गरिने गरेको स्थानीयहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्