२३ जेठ २०८३, शनिबार

साढे २१ हजार जँड्याहा चालक कारबाहीमाः ट्राफिकले असुल्यो १ अर्ब १६ करोड रुपैयाँ

साढे २१ हजार जँड्याहा चालक कारबाहीमाः ट्राफिकले असुल्यो १ अर्ब १६ करोड रुपैयाँ

ट्राफिक प्रहरीले एक वर्षमा १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ राजश्व उठाएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले आर्थिक वर्ष २०७७÷७८ मा ट्राफिक प्रहरीले १६ लाख ४० हजार सवारी साधनलाई कारबाही गर्दा १ अर्ब १६ करोड ३२ हजार रुपैयाँ जरिबानावापत राजश्व संकलन भएको उल्लेख गरेको छ । 

प्रतिवेदन अनुसार गत वर्षको तुलनामा सवारी नियमको पालना नगर्ने सवारी साधनहरू २०.४३ प्रतिशतले बढेका छन् । यो वर्ष २१ हजार ५९३ जनाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका छन् । प्रहरीले एक वर्षमा १६ लाख ४० हजार ३९१ पटक सवारी चालकलाई कारबाही गरेको छ । 

जसमा लेन अनुशासन पालना नगर्ने १२ हजार ५८७ जना, तीव्रगतिमा सवारीसाधन चलाउने २६ हजार ६०३ जना र अन्य कसूरमा १५ लाख ७९ हजार ६०८ पटक कारबाही गरिएको छ । 

मोटरसाइकल चालकले ५ लाख ७ हजार ६१८, ट्रक÷ट्यांकर चालकले ४ लाख ९५ हजार १२२, कार, जिप, भ्यान चालकले ३ लाख २० हजार ४१२ पटक र बस, तमनीबस र टेम्पो चालकल ३ लाख १७ हजार २३९ पटक सवारीले नियम उल्लंघन गरेको महालेखालाई प्रहरी प्रधान कार्यालयले तथ्यांक उपलब्ध गराएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्