२२ जेठ २०८३, शुक्रबार

विपद्को सामना गर्ने गरी तयारी गर्न मुख्यमन्त्री केसीको निर्देशन

विपद्को सामना गर्ने गरी तयारी गर्न मुख्यमन्त्री केसीको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले विपद्को सामना गर्ने गरी तयारी गर्न सबै निकायलाई निर्देशन दिएका छन् ।

प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले विपद् कसैलाई भनेर नआउने भएकाले सबैलाई सचेत भई कार्य गर्न निर्देशन दिए । 

लुम्बिनी प्रदेश भित्रका प्रमुख जिल्ला अधिकारीहरू .सीडीओ) ले जिल्लाको रिपोर्टिङ गरेका थिए । प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको बाढी, पहिरो, वर्षाको कारणले भएका क्षतिलाई न्यूनीकरण गर्न लागि रहेको बताएका छन् ।  

लुम्बिनी प्रदेशभित्रका आम नागरिकलाई सुरक्षित हुने गरी नै काम गरी जनताको जीवन रक्षाका लागि अगाडि बढ्न अनुरोध गरे । बैठकले मोतिपुर घटनाका मृतकलाई राहत उपलब्ध गराइएको, लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रलाई व्यवस्थापनका लागि उपलब्ध गराएकोलाई अनुमोदन गरेको छ । 

रोल्पा र गुल्मी क्षेत्रका पहिरो पीडितलाई प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने ३० प्रतिशत रकम उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

विपद्ले सडक, पुल, पुलेसा, कृषि, उद्योग क्षेत्रमा भएका क्षतिका विषयमा सम्बन्धित मन्त्रालयले अगाडि बढाउने, विपद्मा उद्धारका लागि निजी क्षेत्रसँग समन्वय गरी हेलीको व्यवस्था गर्ने लगायतको निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्