३० असार २०८३, मंगलबार

महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर गर्ने सहमति, स्वाप रेसियो १:१

महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर गर्ने सहमति, स्वाप रेसियो १:१

महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर गर्ने सहमति भएको छ । 

बिहीवार साँझ दुई इन्योरेन्सले मर्जरका लागि सहमति गरेका हुन् । 

यी दुई कम्पनीहरूले १ बराबर १ स्वाप रेसियोमा जाने गरी सहमति गरेका छन् । 

अर्थात यी मर्जरमा यी दुई कम्पनीहरूको हैसियत समान रहनेछ ।

मर्जर सहमति पछि दुई कम्पनीहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् । 

विज्ञप्ति अनुसार मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको नामबाट एकीकृत कारोबार शुरू हुनेछ ।

मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा भने सुवास अमात्य हुनेछन् ।

अमात्य अहिले प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष छन् ।

अध्यक्ष प्रभुले लिने र प्रमुख कार्यकारी अधिकृत महालक्ष्मी लाइफलाई दिने गरी सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्