०२ असार २०८३, मंगलबार

काबुलमा धर्मगुरूको हत्या

असार ३०, २०७९
काबुलमा धर्मगुरूको हत्या

अफगानिस्तानको राजधानी काबुलमा बुधबार एक धार्मिक अध्येताको गोली हानी हत्या गरिएको छ । उनलाई अज्ञात सशस्त्र समूहको एक जत्थाले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

आक्रमणकारी सशस्त्र समूहले धर्मगुरू शेख सरदार वली साकिबलाई आक्रमण गरेको र फरार रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले घटनाको पुष्टि गर्दै प्रहरीले उक्त घटनाबारे अनुसन्धान शुरु गरेको जनाए । 

स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार नै पूर्वी लोगर प्रान्तमा पनि अज्ञात सशस्त्र समूहले चार जनालाई एक बेकरीमा बसिरहेका समय गोली हानी हत्या गरेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्