२५ जेठ २०८३, सोमबार

वैदेशिक रोजगार न्यायाधीकरणद्वारा हालसम्मकै बढी मुद्दा फछ्र्योट

वैदेशिक रोजगार न्यायाधीकरणद्वारा हालसम्मकै बढी मुद्दा फछ्र्योट

वैदेशिक रोजगार न्यायाधीकरणले चालु आर्थिक वर्षमा हालसम्मकै बढी मुद्दा फछ्र्योट गरेको छ । विसं २०६६ मा स्थापना भएको उक्त न्यायाधीकरणले चालु आवमा ७३.४६ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो । अघिल्लो आवको २०१ र चालु आवमा दर्ता भएका १०८ गरी ३०९ मुद्दामध्ये २२७ मुद्दा फछ्र्योट गरिएको न्यायाधीकरणका रजिष्ट्रार आनन्दराज पन्तले जानकारी दिए । 

चालु आवमा ८२ वटा मुद्दा फैसला गर्न बाँकी छ । चालु आवमा २६० वटा मुद्दा पर्ने अनुमान गरी न्यायाधीकरणले अघिल्लो वर्षको बाँकीसहित कूल ४६१ मध्येबाट ३३१ वटा मुद्दा फैसला गर्ने लक्ष्य लिएको थियो । न्याधीकरणले सोहीअनुसार मासिक लक्ष्य निर्धारणसमेत गरेको थियो । न्याधीकरणले स्थापनाकालदेखि हालसम्म दुई हजार ४९८ मुद्दा फछ्र्योट गरेको छ । न्यायाधीकरणमा १८ महिना नाघेको एक वटा मुद्दा फैसला गर्न बाँकी छ भने एक वर्ष नाघेको मुद्दाको सङ्ख्या सात छ । न्यायाधीकरणले आव २०६६/६७ मा १५८ मुद्दा दर्ता भएकामा १६ वटा फछ्र्योट गरेको थियो । 

पछिल्लो पाँच वर्षमा मुद्दा फछ्र्योटको दर ५० प्रतिशत माथि छ । आव २०७४/७५ मा अघिल्लो वर्षको बाँकी र नयाँ दर्ता गरी कूल ६४३ मुद्दा रहेकामा सो वर्ष ३२५ वटा मुद्दा फछ्र्योट भएको छ । यस्तै आव २०७६/७६ मा ५७७ मुद्दामध्ये ३७४, आव २०७६/७७ मा ४११ मुद्दामध्ये १६३ र आव २०७७/७८ मा ४५८ मुद्दामध्ये २५७ मुद्दा फछ्र्योट भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्