२६ जेठ २०८३, मंगलबार

किन भारत जाँदैछन् प्रचण्ड ?

किन भारत जाँदैछन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रचण्डको सचिवालयले यसबारे औपचारिक जानकारी गराएको हो । 
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शुक्रबारदेखि अध्यक्षको ३ दिने भारत भ्रमण हुन लागेको जानकारी दिए । उनका अनुसार प्रचण्ड दिउँसो १ बजे दिल्ली प्रस्थान गर्नेछन् । 
 करिव डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट भ्रमणको निम्तो दिएको उनले बताए । त्यतिबेला अध्यक्षले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले भारत भ्रमणको औपचारिक निम्तो दिएको उनको भनाइ छ । 

भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्