१० साउन २०८३, आइतबार
जसपा विबाद

उपेन्द्र यादव समूहद्वारा बाबुरामसहित ९ नेतामाथि कारबाहीको घोषणा

उपेन्द्र यादव समूहद्वारा बाबुरामसहित ९ नेतामाथि कारबाहीको घोषणा

जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ नेतामाथि उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेको छ । पार्टीको अनुशासन उलंघन गरेको ठहरसहित यादव समूहको वीरगन्जमा बसेको बैठकबाट कारबाहीको घोषणा भएको हो । 

वन तथा वातावरणमन्त्री समेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवले वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित ९ जनालाई तत्काल पदमुक्त गर्ने निर्णय पारित गरेको जानकारी दिए । कारबाहीमा पर्नेमा भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, प्रशान्त सिंह, हिसिला यमी, गंगानारायण श्रेष्ठ, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेका छन् । उनीहरुमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप छ ।
पार्टी विभाजनको संघारमा रहेका बेला भट्टराई समूहले काठमाडौंमा छुट्टै भेला गरेको थियो भने उपेन्द्र यादव पक्षले भने वीरगन्जमा बैठक राखेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्