
आज (शुक्रवार) दोलखा, सिन्धुपाल्चोक सहित विभिन्न ९ जिल्ला भई बहने नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज एक बुलेटिन जारी गर्दै विभागले दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, दार्चुला, बैतडी र आसपास भई बहने नदीहरूको बहाव बढ्न सक्ने जनाएको हो ।
विभागका अनुसार यी नदीहरूमध्ये केहीमा आकस्मिक बहाव समेत हुन सक्ने सम्भावना छ ।
विभागले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती लगायतका नदीहरूमा अहिलेसम्म बहाव सतर्कता तहभन्दा तल नै रहेको जनाएको छ ।