१९ असार २०८३, शुक्रबार

मोरङ कारागारमा फैलियो कोरोना भाइरसको संक्रमण

मोरङ कारागारमा फैलियो कोरोना भाइरसको संक्रमण
फाइल तस्वीर।

जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । १६ जनामा कोरोना पुष्टि भइसकेको निमित्त जेलर तुलसीराम भगतले बताए ।

पुष्टि भएका उनीहरूलाई कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । १८ जनामा परीक्षण गर्दा १६ जनामा पुष्टि भएको र थप दुई जनालाई अस्पताल पठाइएको निमित्त जेलर भगतले बताए । 

‘उपचारत १८ जनामध्ये १६ जनाको एन्टिजेन रिपोर्ट पोजिटिभ देखियो,’ उनले भने ‘थप दुई जना बिरामी परेर पठाएका छौँ ।’ 

उनका अनुसार २० जनाको उपचार कोशी अस्पतालमा भइरहेको छ । 

१०० डिग्रीभन्दा बढी ज्वरो आएपछि २० जनालाई उपचारका लागि बिहीवार अस्पताल भर्ना गरिएको थियो । उपचारका लागि भर्ना गरिएकामध्ये एक जनाको मृत्यु भइसकेको छ । 

८ जनालाई कोभिड अस्पतालमा भर्ना गरिसकेको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए । उनका अनुसार कोभिड अस्पतालमा बिरामी नरहेकाले त्यसको व्यवस्थापन गरेलगतै अन्य ८ जनालाई पनि लैजाने तयारी गरिएको छ । 

उनका अनुसार एन्टिजेन पोजिटिभ भएकालाई १०२ डिग्रीभन्दा धेरै ज्वरो छ । स्वास फेर्न गाह्रो हुनेलगायत कोरोनासँग मिल्ने सबै खालका लक्षण रहेको उनले बताए । एक साता अघिदेखि कैदीबन्दी बिरामी हुँदै आएका थिए । 

कारागारमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए । कोरोना फैलिएको पुष्टि भएपछि कैदीबन्दीको उपचार र व्यवस्थापनमा समस्या भएको निमित्त जेलर तुलसीराम भगतले बताए । 

कारागारमा अहिले एक हजार ८७ जना कैदीबन्दी छन् । यो भने क्षमताभन्दा तेब्बर बढी हो । 

salt training

कमेन्ट गर्नुहोस्