×

NMB BANK
NIC ASIA

बुटवल मुख्य सडकको काम अलपत्र परेपछि मेयरले जनाए असन्तुष्टि

असार ३१, २०७९

NTC
Premier Steels

बुटवलको मुख्य सडकखण्ड निर्माणको काम फेरि अलपत्र परेपछि बुटवल उपमहानगरपालिकाका प्रमुखले असन्तुष्टि व्यक्त गरेका छन् । 

Muktinath Bank

साढे ३ किलोमिटर सडक निर्माणमा ६ वर्षभन्दा बढी समय खर्चिने निर्माण कम्पनी, ताकेता नगर्ने डिभिजन सडक कार्यालय बुटवल र सडक विस्तार आयोजनाको भूमिकाप्रति बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले असन्तुष्टि व्यक्त गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगरपालिकाले पटक–पटक दबाब सिर्जना गर्दै अनुगमन गरेपछि केही दिन सडक निर्माणको काम भए पनि डिभिजन सडक कार्यालय र सडक विस्तार आयोजनाले चासो नदिँदा निर्माण कम्पनीले विभिन्न बहानामा काम रोकेको छ । 


Advertisment
Nabil box
Kumari

काम रोकिएपछि उपमहानगरपालिका प्रमुख पाण्डेले वर्षायामअघि नै काम पूरा गर्नुपर्नेमा विभिन्न बहानामा काम रोक्ने र काम रोक्नेलाई ताकेता नगर्ने डिभिजन सडक कार्यालय र विस्तार आयोजनाको भूमिकाले बुटवल क्षेत्रको मुुख्य सडकको दुर्दशा बनाएको बताए । 

Vianet communication

‘यो सडक निर्माणको काममा भएको ढिलासुस्ती र लापरबाही देखेर म निर्वाचित भएर आउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालय, विस्तार आयोजना, निर्माण कम्पनी, उद्योगी व्यवसायी र सरोकारवालासहितलाई राखेर असारभित्रकाम पूरा गर्ने गरी सहमति जुटाएका थियौं,’ उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘केही दिन काम भयो, अनि उस्तै शैलीमा फर्कियो, यसको ठेक्का लगाउने, नियमन गर्ने सडक र विस्तार आयोजनाले चासो दिनुपर्ने हो कि होइन, त्यहाँका कर्मचारीले जे जिम्मेवारी लिएर बसेका छन्, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने होइन र, बुटवललाई यो दुर्दशा बनाएर राख्न पाइन्छ ?’ 

बुटवल उपमहानगरपालिकाको पहलमा भएको सहमतिअनुसार केही दिन सडकका खाल्डा पुर्ने र पक्की गर्ने काम शुरु भए पनि काम पूरा हुन सकेको छैन । भत्काएको सडक क्षेत्र र अलपत्र नालीका कारण वर्षा लागेपछि सडक हिलाम्मे छ । 

ठूला–ठूला खाडलका कारण दैनिक साना सवारी दुर्घटना भइरहेका छन् । निर्माण कम्पनीले काम रोकेपछि बुटवलको अस्पताल लाइन, ट्राफिक चोक, मिलनचोक, राजमार्ग चौराहाजस्ता स्थानमा रहेका खाल्डाका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । 

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो । दुई वर्षअघि नै सकिनुपर्ने काम पूरा नभएपछि २०७९ असार मसान्तसम्मका लागि म्याद थप भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x