
परस्त्री वा परपुरुषसँग शारीरिक सम्पर्क राखेको पति वा पत्नीलाई कसैलाई मन पर्दैन । तर भारतको उत्तर प्रदेशस्थित बदायूं जिल्लामा पतिपत्नीकै मिलेमतोमा जबरजस्तीकरणीको घटना सार्वजनिक गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा करणी मात्रै भएको छैन, पतिले जबरजस्तीकरणी गरिरहेको भिडियो मोबाइलमा रेकर्ड गरेर पत्नीले सामाजिक सञ्जालमा भाइरल गरेकी छन् ।
फैजगंज थानाका प्रभारी चरणसिंह राणाले आरोपी दुवै पतिपत्नीलाई बिहीवार पक्राउ गरिएको जानकारी दिए । पतिपत्नीविरुद्ध बलात्कार र साइबर अपराधको मुद्दा दायर गरिएको छ ।
किशोरीलाई १२ जुलाइका दिन घरमा बोलाएर जबरजस्ती गरिएको बताइएको छ । करणीबारे कसैलाई नभन्न र भनेपछि भिडियो सार्वजनिक गर्ने चेतावनी दिइएको थियो ।
जबरजस्तीकरणीबारे किशोरीले कसैलाई जानकारी दिएकी थिइनन् । तर आरोपीले भिडियो सार्वजनिक गरेपछि घटना बाहिर आएको हो । भिडियो नै सार्वजनिक भएपछि पीडित किशोरी र उनका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी आएपछि प्रहरीले पतिपत्नीलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।