३० जेठ २०८३, शनिबार

कोरोनाबारे डब्ल्यूएचओका वैज्ञानिकको चेतावनी – नयाँ लहरका लागि तयार रहनू

असार ३२, २०७९
कोरोनाबारे डब्ल्यूएचओका वैज्ञानिकको चेतावनी – नयाँ लहरका लागि तयार रहनू

पछिल्लो समय फेरि कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ । केही महिनाअघि सामान्य देखिएको कोरोना अब खतरनाक रूप लिँदैछ ।

यतिबेला संक्रमण दर सँगसँगै मृत्युदर पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की वैज्ञानिक सौम्या स्वामीनाथनले ट्वीट गर्दै कोरोना फेरि तीब्र गतिमा बढिरहेको बताएकी छन् ।

‘संक्रमण फेरि बढ्दैछ । मृत्युको संख्या पनि पहिलेभन्दा बढेको छ,’ उनले भनिन् ।

यतिबेला अमेरिका, फ्रान्स, इटली, जर्मनी र ब्राजिलमा कोरोना तीब्र गतिमा बढिरहेको छ । केही दिनअघि डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्नोमले पनि संक्रमण दर बढेकोमा चिन्ता व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्