
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदीय चुनाव नजिकिँदै गर्दा बाह्यशक्तिहरुको चलखेल बढेको दाबी गरेका छन् । ट्वीटरमार्फत उनले महाशक्तिहरु आफ्नो ‘कठपुतली’ तयार गर्ने होडमा रहेको बताएका छन् ।
उनले ‘दिल्ली, बेइजिङ र वाशिङ्टनमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने जमात खोज्दैछन्’ भन्ने कठोर टिप्पणी गर्दै नेपाली जनता बेलैमा सचेत बन्नुपर्नेमा जोड दिएका छन् । उनले बाह्य चलखेलविरुद्ध लड्न अझै पनि केही राष्ट्रवादी जिउँदै छन् भन्दै खबरदारी गरेका छन् ।
