×

प्रचण्डको भारत भ्रमण

नेपाल र भारतले आर्थिक विकासका लागि धेरै कुरामा साझेदारी गर्न सक्छन्ः प्रचण्ड

असार ३२, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भौगोलिक मात्र नभई सांस्कृति र सामाजिक सम्बन्ध अझ बलियो भएको बताएका छन् । नेपाल र भारतबीचको सम्बन्ध परापूर्व कालदेखि नै बलियो भएको बताए । 

भारतको तीनदिने भ्रमणमा रहेको अध्यक्ष प्रचण्डले शनिवार फाउण्डेसन फर पब्लिक अवेरनेस एण्ड पोलिसीले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ विषयक अन्तरक्रियामा नेपाल र भारत असल छिमेकी राष्ट्र भएको बताएका हुन् । नेपाल र भारतबीच धेरै कुरामा समानता रहेको भन्दै सामाजिक र सांस्कृतिक रुपमा समेत नजिक रहेकाे उनको दाबी छ । रामायणको प्रसंग निकाल्दै उनले भारत र नेपालको सम्बन्ध प्राचिनकालदेखि नै प्रगाढ रहेको बताए । ‘नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ छ’, उनले भने, ‘यो सम्बन्ध सामाजिक, सांस्कृतिक, परम्परागत र जनता–जनताबीच जोडिएको छ ।’ 


Advertisment

अध्यक्ष प्रचण्डले २०७२ सालको भूकम्प, कोभिड १९ महामारी लगायतका विपदमा भारत सरकार र त्यहाँका जनताले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेका छन् । ‘भूकम्पपछि उद्धार र पुनर्निर्माणमा भारत सरकार र भारतीय जनताले गरेको सहयोगका लागि विशेष धन्यवाद छ’, उनले भने, ‘यस्तै कोभिड १९ मा अत्यावश्यक रहेको खोप भारत सरकारले तत्कालै उपलब्ध गराएकोमा पनि धन्यवाद दिन चाहन्छु ।’


Advertisment

अध्यक्ष प्रचण्डले दुई देशबीचको सीमापार सम्बन्ध निकै महत्वपूर्ण रहेको पनि बताएका छन् । नेपाल र भारत संस्कृति, सभ्यता र जनता–जनताबीचमा मात्र नभई द्विपक्षीय व्यापार र अर्थतन्त्रले पनि जोडिएको उनकाे भनाइ छ । नेपालले आयात गर्ने वस्तुहरुमध्ये सबैभन्दा धेरै भारतबाट ने आयात गर्ने गरेको बताउँदै उनले दुई देशको आर्थिक सम्बन्ध पनि महत्वपूर्ण भएको बताए । 

नेपालमा जलविद्युत्को प्रचुर संभावना रहेको र यसबाट भारतले पनि लाभ लिनसक्ने अध्यक्ष प्रचण्डको  भनाइ छ । त्यस्तै दुई देशको आर्थिक विकासका लागि धेरै कुरामा साझेदारी गर्न सकिने उनको विश्वास छ । आगामी दिनमा अर्थतन्त्र र व्यापार बढाउन नेपालले दुई देश जोड्ने पूर्वाधार जसमा सडक, रेलमार्ग, जलमार्ग र विद्युत प्रशारणलाइनलाई प्राथमिकतामा राखेको बताएका छन् ।
 

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x