०२ साउन २०८३, शनिबार

आरजुको भारत भ्रमण स्वास्थ्य उपचारबाहेक अरु होइन : प्रचण्ड

आरजुको भारत भ्रमण स्वास्थ्य उपचारबाहेक अरु होइन : प्रचण्ड
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीपत्नी तथा नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि भारत गएको प्रस्टीकरण दिएका छन् ।

३ दिने भारत भ्रमणबाट फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आरजु र आफ्नो भेटबारे अनावश्यक चर्चा र टिप्पणी भएको बताए । 

‘उहाँ स्वास्थ्य उपचारका लागि जानुभएको रहेछ । नेपालका राजदूत शंकर शर्माले भेट्दा राम्रै हुन्छ भन्नुभएपछि सम्भव भए यही दूतावासमा बोलाउनुहोस् न त भनेको थिएँ । उहाँले बोलाउनुभएको रहेछ । दूतावासमा भेट भएको हो,’ प्रचण्डले भने, ‘स्वास्थ्य उपचारमा गएको मानिसलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नु सामान्य कर्टेसी पनि त हो नि !’

आरजुको भारत भ्रमण स्वास्थ्य उपचारबाहेक अरु नभएको प्रचण्डले बताए । 

salt training

कमेन्ट गर्नुहोस्