०६ असार २०८३, शनिबार

एटिएम मेशिन फोर्न खोजेको दृश्य सिसिटिभीमा देखिएपछि...

एटिएम मेशिन फोर्न खोजेको दृश्य सिसिटिभीमा देखिएपछि...

कास्कीको पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा एक युवक पक्राउ परेका छन् । 

नगद रकम चोरी गर्ने उद्धेश्यले एटिएम मेशिन फुटाउन खोजेको अभियोगमा प्रहरीले सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई पक्राउ गरेको हो । 

उनले मेशिन फुटाउन प्रयत्न गरेको सिसिटिभी फुटेजमा देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले गत शनिवार बैंकको मेशिन फुटाउन खोजेका थिए । उक्त दृश्य सिसिटिभीमा कैद भएको थियो । उक्त दृश्य देखेपछि बैंकले आइतवार प्रहरीले खबर गरेको थियो । उनी आइतवार नै पक्राउ परेका थिए । 

प्रहरीले सिसिटिभी फुटेजकै आधारमा उनको पहिचान गरी पक्राउ गरेको जनाएको छ । उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्