०२ असार २०८३, मंगलबार

बाँदर धपाउने क्रममा लडेर एक युवकको मृत्यु

बाँदर धपाउने क्रममा लडेर एक युवकको मृत्यु

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा लडेर घाइते भएर एक युवकको मृत्यु  भएको छ । असार १९ गते मकै बारीमा आएको बाँदर धपाउने क्रममा छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय टंक खनाल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आइतवार राति लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

अर्घाखाँचीमा बाँदरले हरेक साल बालीनाली खाएर धेरै सताउने गर्ने र बाँदर धपाउन दिनभरि बारीमै बस्नुपर्ने बाध्यता रहेको छात्रदेव ४ का युवा गिरिराज खनालले बताए । गत साल पनि अर्घाखाँचीका एक व्यक्तिको बाँदरलाई थापेको करेन्टको पासोमा लागेर निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्