३० असार २०८३, मंगलबार

मन्त्री अथक मूलपानी रंगशालामाः युद्धस्तरमा काम अगाडि बढाउन निर्देशन

मन्त्री अथक मूलपानी रंगशालामाः युद्धस्तरमा काम अगाडि बढाउन निर्देशन

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधीन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नुभएको छ । निरीक्षणका लागि सोमवार बिहान मूलपानी पुगेका मन्त्री अथकले रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिए । 

मन्त्री अथकले आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए । उनले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्री अथकले खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए । 

अनुगमनका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरूसँग भेटघाट गरी उनीहरूको हौसला समेत बढाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्