०१ साउन २०८३, शुक्रबार

नेविसंघको पूर्णता माग गर्दै देउवाइतर समूहले राजधानीमा गर्‍यो भेला

नेविसंघको पूर्णता माग गर्दै देउवाइतर समूहले राजधानीमा गर्‍यो भेला

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई पूर्णता दिनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवाइतर समूहले राजधानीमा भेला राखेको छ । 

नेविसंघको अध्यक्ष पदमा मात्रै सभापति देउवाले मनोनयन गरेर कच्चा काम गरेको भेलाले जनाएको छ ।

सोमवार वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गमा भेलाको संयोजन गरेकी नेविसंघको पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले नेविसंघ नेतृत्वविहीन बनेको भन्दै छिटोभन्दा छिटो पूर्णता दिन आह्वान गरेकी छन् । 

ढकालले अध्यक्ष मात्रैले सिंगो संगठनको प्रतिनिधित्व गर्न नसक्ने बताइन् । नेविसंघको सभापति भएर पटक–पटक पार्टी सभापतिका साथै प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले नेविसंघको पूर्णतामा जाँगर नदेखाउनु भएकोमा दुःख व्यक्त गरिन् । 

‘नेविसंघ सक्रिय नहुँदा कांग्रेसको नर्सरी बन्द भएको सम्झाउन पनि हामीले यो भेला राखेका हौं,’ ढकालले भनिन्, ‘देशको ठूलो लोकतान्त्रिक दलमा आफ्नै पार्टीका कार्यकर्ताले नेतृत्वसँगै आफ्नो अधिकारको लागि लड्ने परिस्थितिले हाम्रो बुलन्द आवाज आवश्यक भएर हामीले यो भेला राखेका हौं ।’

भेलामा नेविसंघका निवर्तमान महामन्त्री दिपक भट्टराई, नेविसंघ पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल, सुशील तिमल्सिना, पुजन गन्दर्भ, प्रतिमा भट्ट, महाधिवेशन प्रतिनिधि पूजा फुयाँल, त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य पंकज क्षेत्री, नेविसंघ नेता किशोर गुरुङ, जगत शंकर पौडेल, राजेश्वर कमली, प्रविण घिमिरे लगायतको उपस्थित थियो ।

salt training

कमेन्ट गर्नुहोस्