
कञ्चनपुरको गड्डाचौकी नाकामा सोमवार युरोपेली आयोगको आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।
सरकारसित समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षसँगै गड्डाचौकीमा रहेको आइसोलेसन केन्द्रमा खानेपानी तथा सरसफाइ संरक्षण सम्बन्धी सेवाका लागि निर्माण गरिएका संरचनाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र युरोपेली युनियनका राजदूत नोना डे«प्पे्रेजले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।
स्वास्थ्य सहायता कक्षमा स्तनपान कक्ष, शौचालय लगायतका संरचना बन्नुका साथै विभिन्न जनचेतनामूलक सामग्री राखिएका छन् । आप्रवासन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको स्वास्थ्य सहायता कक्षमा निर्माणमा सहजीकरण नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले गरेको थियो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोकविक्रम जैरुले कोभिड–१९ विरुद्ध दु्रत प्रतिकार्य र पूर्व तयारीका निम्ति आइसोलेसन केन्द्र र सीमा नाकामा सबलीलकरणमार्फत प्रभावकारी केस व्यवस्थापन परियोजनाअन्र्तगत स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए ।