३० जेठ २०८३, शनिबार

भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण सुरु

भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण सुरु

झापामा राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणकार्य सुरु गरेको छ । आयोगका अध्यक्ष तिलक पाण्डेले विगत छ महिनामा ८३ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकेको बताए। गौरादह नगरपालिकास्थित महारानीझोडाका ५० र बुद्धशान्ति गाउँपालिकाका ३३ गरी ८३ परिवारलाई धनीपुर्जा वितरण गरिएको हो ।

वर्तमान सरकार गठन भएपछि जिल्लामा पाण्डेको अध्यक्षतामा सर्वदलीय प्रकृतिको आयोग गठन भएको थियो । आयोगले बुद्धशान्तिमा पाँच धुरदेखि १४ कठ्ठासम्म जग्गा जोतभोग गरिरहेका अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरेको छ भने महारानीझोडामा चार दशक अघिदेखिको भूमि स्वामित्वसम्बन्धी समस्याको हल भएको अध्यक्ष पाण्डेले बताए।

जिल्लामा विगतका आयोगले तथ्याङ्क सङ्कलन गरिसकेका ३५ हजार र नयाँ २५ हजार गरी ६० हजारभन्दा बढी परिवारलाई धनीपुर्जा वितरण गर्न आवश्यक रहेको उनको भनाइ छ । थप ६८५ परिवारलाई धनीपूर्जा वितरणको अन्तिम तयारी भइरहेको र आर्थिक वर्ष २०७९÷८० मा छदेखि सात हजारसम्म परिवारलाई जग्गाको धनीपुर्जा वितरण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

आयोगले चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको कार्यालयमै आफ्नो कार्यालय सञ्चालन गर्दै आएको छ । 
राष्ट्रिय भूमि आयोगले हालै १३ प्राविधिक र नौ सर्वेक्षक गरी २२ जना कर्मचारी झापामा पठाएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्