
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत सचिवालय सदस्य फेरि छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरू छलफलमा रहेका छन् ।
त्यसबेला नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेको थियो ।
नेकपाको सचिवालयमा रहेकामध्ये पुष्पकमल दाहाल 'प्रचण्ड', माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ छलफलका लागि जुटेका हुन् ।
उनीहरू यसअघि असार १९ गते पनि ललितपुरको एक घरमा छलफलमा जुटेका थिए ।
त्यसबेला उनीहरूले समाजवादी केन्द्र बनाउनेबारे छलफल गरेका थिए ।
आज सिंहदरबारमा उनीहरू फेरि छलफलमा बसेका हुन् ।
आजै बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बीचमा पनि छलफल भएको थियो ।
भट्टराई पनि समाजवादी केन्द्र बनाउने बारेमा सहमत छन् ।