२४ जेठ २०८३, आइतबार

वाम एकताका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

वाम एकताका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले वाम एकताको लागि पहल गर्ने निर्णय गरेको छ । 

मंगलवार तीनकुनेस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वाम एकताका लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । 

‘विचार मिल्ने वामपन्थी दलहरूको बीचका एकताका लागि पहल गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । अब हामी पार्टी एकताको लागि छलफल चलाउँछौं । अहिले नै पार्टी एकता गरिहाल्ने अवस्था भने छैन तर छलफललाई निरन्तरता दिन्छौं,’ भुसालले भने । 

छलफल वामपन्थी पार्टीहरूको बीचमा मोर्चा बनाउने र विचार मिल्नेहरूका बीचको एकताका लागि पनि हुन सक्ने उनले बताए । 

त्यसबाहेक एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय परिषद् बैठकबाट पारित भएको कार्ययोजनाको समीक्षा र कार्यान्वयनबारे छलफल गरेको छ । 

संगठन सुदृढीकरणको योजनाबारे पनि बैठकमा छलफल भएको भुसालले बताए । पार्टीले समाजवादको वस्तुगत अवधारणा बनाउने, अहिले देखिएको आर्थिक संकट समाधानका लागि पार्टीको धारणा बनाउने लगायतका विषयमा सचिवालयमा छलफल भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्