
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कम्युनिस्ट नेताहरूको सामूहिक भेटप्रति कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सचिव भट्टराईले एमाले देखाएर कांग्रेस तर्साउँदै सौदाबाजी गर्नु कृपा प्राप्तिको रोदन मात्र हुने बताए ।
उनले लेखेका छन्, ‘समाचारका अनुसार कमरेडहरू प्रचण्ड, माधव, जेएन, वामदेव र नारायणकाजी बसेर पार्टी एकता गर्ने कुरा गर्नु भएछ । राम्रो, कम्तीमा कम्युनिस्ट नामका साइन बोर्ड त घट्छन् । अन्यथा एमालेलाई देखाएर, कांग्रेसलाई तर्छाएर सीटको मोलमोलाई र सामूहिक सौदाबाजी चाहिँ फगत कृपा प्राप्तिको रोदनमा मात्र हुनेछ ।’
मंगलवार नेताहरूले भेटेर विचार मिल्नेसँग एकता गर्ने विषयमा छलफल गरेका छन् ।