०६ असार २०८३, शनिबार

सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराजकी पत्नी पक्राउ

सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराजकी पत्नी पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौंको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । 

काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौंस्थित रामशाहपथबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानूनी कारबाहीका लागि मंगलवारै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । उनीहरूको मिलेमतोमा काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित सहकारी संस्थामा आकर्षक ब्याजदर दिने लगायत विभिन्न प्रलोभनमा पारी ठूलो संख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाई संगठितरूपमा ५ अर्ब ८४ करोड ४० लाख रुपैयाँ ठगी भएको खुल्न आएको थियो । 

सहकारीमा विगत ३ वर्षदेखि बचत गरेको रकमको साँवा तथा ब्याज माग गर्दा नदिइएको भन्दै १ हजार ५३० जना पीडितले ब्यूरोमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दिएका थिए ।  सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी ब्यूरोले गत मंसिर १७ गते संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

हाल प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्