
बजेटका दर हेरफेर प्रकरणमा गठन भएको छानबिन समितिको बैठक बुधबार बस्दैछ । सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बिहान ८ बजेपछि संसदीय छानबिन विशेष समितिको बैठक बस्न लागेको हो ।
समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पनि छलफलका लागि बोलाएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको थियो ।
छानबिन प्रक्रिया अन्तिम चरणतर्फ पुग्दा संसदीय विशेष छानबिन समितिले अर्थमन्त्री विरुद्ध अभियोग पुष्टि हुने कुनै प्रमाण भेट्टाउन सकेको छैन ।