२९ जेठ २०८३, शुक्रबार

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंकमा विद्यार्थीहरूले टाँसे कालो ब्यानर [तस्वीरहरू]

साउन ४, २०७९
गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंकमा विद्यार्थीहरूले टाँसे कालो ब्यानर [तस्वीरहरू]

सत्तारुढ दल निकट विद्यार्थी संगठनहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन् । 

राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको वित्त तथा योजना आयोगको सदस्यको भएको दाबी गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

राजनीतिक दलको सदस्य राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहन नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियूले विज्ञप्तिमार्फत मंगलवार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

 जसअन्तर्गत विद्यार्थी संगठनले आज नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयहरूमा कालो ब्यानर राखेर प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा उनीहरूले गभर्नर अधिकारीको राजीनामा समेत माग गरेका छन् । 

  
 

salt training

कमेन्ट गर्नुहोस्