२३ असार २०८३, मंगलबार
एमालेको बाग्मती प्रदेशस्तरीय भेला

विभिन्न बहाना बनाएर मंसिरको चुनाव सार्ने खतरा छ– ओली

विभिन्न बहाना बनाएर मंसिरको चुनाव सार्ने खतरा छ– ओली
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहाना बनाएर मंसिरको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । 

आफूहरूको दबाबका कारण स्थानीय तहको चुनाव भएपनि मंसिरको चुनाव सार्ने खतरा रहेको बताएका हुन् । 

बुधवार काठमाडौंमा बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला ओलीले विभिन्न बहानामा चुनाव पर सार्ने खेल भइरहेको बताए ।

‘मंसिरमा संघीय संसद्का लागि निर्वाचन हुनुपर्नेछ, विभिन्न बहाना बनाएर पर सार्ने खतरा छ,’ ओलीले भने, ‘संविधानमाथिको थिचोमिचोले फागुनमा हुनुपर्ने निर्वाचन वैशाखमा हुने स्थिति बन्यो । त्यो पनि नगरेर आगामी चैतमा मात्र गर्ने भनेका थिए । एमालेको नेतृत्वमा भएको राष्ट्रिय प्रयासले गर्दा त्यो सफल भएन ।’

समयमा हुने निर्वाचनले साँचो अर्थमा देशभक्त, राष्ट्रवादी र लोकतन्त्रको विकास गर्ने सरकार बन्ने ओलीले दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्