०२ साउन २०८३, शनिबार

श्रीलंका : रनिल विक्रमसिंघे राष्ट्रपति निर्वाचित

साउन ४, २०७९
श्रीलंका : रनिल विक्रमसिंघे राष्ट्रपति निर्वाचित

श्रीलंकाको संसदमा बुधवार भएको राष्ट्रपति निर्वाचनमा रनिल विक्रमसिंघे विजयी भएका छन् । 

द डेली मिरर पत्रिकाले दिएको खबरअनुसार, विक्रमसिंघेले १३४ भोट पाएर विजय हासिल गरेका हुन् । संसद्का सभामुख महिन्दा अभयवर्दनेले यसको घोषणा गरेका छन् । 

विक्रमसिंघेका प्रतिस्पर्धी दुल्लास अल्लाहपेरुमेले ८२ भोट ल्याए भने अर्का उम्मेदवार अनुरा कुमारा दिस्सानायकेले ३ भोट मात्र पाए । 

पूर्व राष्ट्रपति गोटाबाया राजपक्षको दल एसएलपीपीका सांसदहरूले विक्रमसिंघेलाई मत दिएकाले उनी विजयी भएका हुन् । विक्रमसिंघे राजपक्ष परिवारका निकट मानिन्छन् । 

यसअघि उनले प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्