कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
साउन ४, २०७९
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिंह घलान धरौटीमा छुटेका छन् ।
पक्राउ परेको एक सातामै घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको मुद्दामा प्रहरीले ६ दिनमै अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो ।
गत असारमा मकवानपुरमा राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन भन्दै कैलाश गाउँपालिका वडा नम्बर ९ मा रहेको कालिका माविले विद्यार्थीहरू हेटौंडा ल्याएको थियो ।
हेटौंडा– ४ स्थित हुप्राचौरमा खेलकुद प्रतियोगिता सञ्चालन भए पनि विद्यालयले आफ्ना विद्यार्थीहरूलाई हेटौंडा– १ स्थित जरुवाटोलमा रहेको असन गेस्ट हाउसको तेस्रो तलामा राखेको थियो ।
गत असार १८ गते राति १२ः३० बजे छात्राहरू बसेको होटलमै पुगेर वडाध्यक्षले छात्राको संवेदनशील अंगहरूमा छोएको भन्दै असार २४ गते उजुरी परेको थियो ।
त्यसको ४ दिनपछि असार २८ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
घलान वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका निर्वाचित वडा अध्यक्ष हुन् ।
कांग्रेसको कैलाश गाउँपालिका कमिटीले राजनीतिक प्रतिशोधका आधारमा अनर्गल आरोप लगाइएको भन्दै पत्रकार सम्मेलन नै गरेको थियो ।
पीडित किशोरी सेफ हाउसमा संरक्षण लिएर बसिरहेका बेला वडाध्यक्ष धरौटीमा छुटेका हुन् ।
पक्राउ परेको एक सातामै अनुसन्धान सकेर मुद्दा दायर र थुनछेक बहस समेत गरी धरौटीमा रिहा गरिएको छ । पीडित पक्षले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतको विश्वसनीयतामै प्रश्न उठाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले हिरासतमा थुनुवाको चाप बढी भएका कारण छिटो मुद्दा तयार पार्नुपर्ने अवस्था रहेको र प्रक्रियाअनुसार नै मुद्दा सरकारी वकिलको कार्यालयमा पठाइएको दाबी गरे ।
धरौटीमा रिहा भएका वडाध्यक्ष घलानलाई जिल्ला प्रहरी कार्यालय परिसरमै आफन्त र पार्टीका नेता तथा कार्यकर्ताले अवीर तथा खादा लगाएर स्वागत गरेका थिए ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...